काठमाडौ । नेपाल भ्रमण २० २० को सामाचार सम्प्रेषण गर्ने उत्कृष्ट सात जना पत्रकारलाई जनही ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने भएको छ । गैर आवासिय नेपाली संघ अष्ट्रेलिया र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहयोगमा नेपाल पत्रकार महासंघले सात प्रदेशका सात जना पत्रकारलाई उक्त लेखनवृत्ति प्रदान गर्न लागेको हो ।

यस सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । भ्रमण वर्षलाई सफल बनाउन अक्ट्रेलियाबाट आएको टोलीका संयोजक खेम शर्मा र महासंघ अध्यक्ष गोविन्द आचार्य विच सम्झौतामा हस्ताक्षर भएको छ ।

 


Related Media Posts

भ्रमण वर्षबारे लेख्ने पत्रकारलाई तीन लाख ५० हजारको लेखनवृत्ति प्रदान गरिने