Welcome to Swornim Yug
नेपालमा सामाजिक क्षेत्रमा नागरिकस्तरबाट गर्नु पर्ने धेरै काम बाँकी छन् । शिक्षा, स्वास्थ्य, आवास, कला/साहित्य/सस्कृति, रोजगारी शृजना जस्ता क्षेत्रमा नागरिकस्तरको सहयोग र सहभागिता अनिवार्य छ ।
राष्ट्रले संवैधानिक र कानूनी रुपमा यी सबै क्षेत्रमा सुन्दर व्यवस्था गरेता पनि व्यवहारिक रुपमा प्राप्त गर्न अझै केही दशक लाग्न सक्छ । देशका बिभिन्न स्थानको फरक भौगोलिक परिस्थिति र समाज विकासको फरक चरणले सबै नागरिकलाई जीवन यापनका आधारभूत क्षेत्रमा समान र व्यवस्थित पहुँचमा कठिनाइ छ तर सबैको अभियानात्मक पहल हुँदा सम्भव पनि छ ।
यही मूल मन्त्रलाई मध्यनजर गर्दै सबैले सहयोग र सहकार्य गर्दा हामीले परिकल्पना गरेको स्वर्णिम युगमा प्रवेश गर्न सकिने भएकाले यो स्वर्णिम उपहार अभियान सुरु भएको छ ।