We are collecting 116 Sets of Educations Goods for 116 Students

Please visit below link to find Gift Detail

Standard Package

स्वर्णिम युग फाउन्डेशनले सिन्धुलीको कमलामाइ नगरपालिकाको बेल्टारस्थित शिखर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान अभियान सम्पन्न गरेको छ ।

सामुदायिक विद्यालयका आर्थिक रुपमा पिछडिएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको फाउन्डेशनले आइतबार विद्यालयको प्रांगणमै गएर एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा कमलामाइ नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख खत्रीले बालिकालाई ब्याग, त्यसभित्र भएका शैक्षिक सामाग्रीहरु, स्यानिटाइजर कसरी प्रयोग गर्ने भन्दै सिकाएर हस्तान्तरणको सुरुवात गरेका थिए ।

त्यसपछि भने कक्षा ९ र १० का विद्यार्थीहरुले कक्षा नर्सरीदेखि ८ कक्षासम्मका ११६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

किताब जतन गर्ने अवस्थाबाट बञ्चित बालबालिकाहरु संस्थाको शैक्षिक सामाग्री वितरणले केही समयलाई ढुक्क बनाएको त्यहाँका अभिभावकले बताएका छन् ।

त्यस्तै, जीवनलाई सफल र सन्तुष्ट बनाउनका लािग खेम शर्माद्वारा लिखित स्वर्णिम रहस्य पुस्तक पनि उपहारस्वरुप प्रदान गरिएको थियो ।

पुस्तक प्रमुख अतिथि मेयरलाई स्वर्णिम युगको तर्फबाट प्रदान गरिएको थियो भने मेयर खत्रीले अन्य अतिथि तथा विद्यालयका हेडमास्टरलाई प्रदान गरेका थिए ।

कार्यक्रममा मेयर खत्रीले स्वर्णिम युगलाई आभार व्यक्त गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको सदुपयोग गर्न आग्रह गरेका थिए । त्यस्तै, समयको पालना नगर्नाले नेपाली पछि परेको बताउँदै मेयर खत्रीले विद्यार्थी तथा शिक्षक अभिभावक सबैमा समयप्रति सचेत हुन पनि अनुरोध गरेका थिए ।

त्यस्तै, कमलामाई नगरपालिका १ का वडाध्यक्ष महेशराज खतिवडाले संस्थाले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, विद्यालयका प्रधानाध्यपक सम्बर बहादुर बम्जनले संस्थाप्रति अभार ज्ञापन गरे भने विद्यार्थीले आफूहरुले पनि पछि गएर अरुलाई सहयोग गर्ने ज्ञान प्राप्त भएको बताए ।

निकै विकट स्थानमा रहेको विद्यालयका विद्यार्थीहरु निकै कष्टकर ढंगले अध्ययन गरिरहेका छन् । एम्बुलेन्स समेत जान नसक्ने स्थानमा रहेको गाउँमा जीवन अवश्य पनि कठीन छ । यस्तो थोरै भएपनि सहयोग होस् भन्ने भावनाले विदेशमा रहेर पनि नेपालको हित चिताउने सहायोगी मनहरुको अगुवाईले शैक्षिक सामाग्री प्रदान गर्न सम्भव भएको हो ।

यसरी जजसले जे जे जति सहयोग गर्नु भएको छ त्यसका लागि स्वर्णिम युग सबैमा हार्दिक आभार व्यक्त गर्दछ साथै सुन्दर भविष्य निर्माणका यो अभियानमा जोडिनुभएकोमा धन्यवाद ज्ञापन गर्दछ ।

Support Details

Supporters Gift SUPPORT AMOUNT
Deepak Sharma 30Sets USD $ 360
Krishna Thapa 20Sets USD $ 240
ShiningPens 10Sets USD $ 120
Shiwakoti Bags 6Sets USD $ 72
Kathmandu Digital 5Sets USD $ 60
Bharat Sharma 5Sets USD $ 60
Pooja Dahal Raut 5Sets USD $ 60
Khem Sharma 3Sets USD $ 36
Yek Raj Pathak 1Sets USD $ 12
Suwan Chaulagain 3Sets USD $ 36
Sunshine Migration Services 3Sets USD $ 36
Nabin K Chhetri 3Sets USD $ 36
Sushma Gurung 3Sets USD $ 36
Megha Raj Poudel 2Sets USD $ 24
Bigyan Poudel 1Sets USD $ 12
Yogesh Pokharel 1Sets USD $ 12
Kushal Adhikari 1Sets USD $ 12
Ramesh Rawal 1Sets USD $ 12
Prakash Panthi 1Sets USD $ 12
Khumlal Poudel 1Sets USD $ 12
Kapil Raj Regmi 1Sets USD $ 12
Bhakta Sunar 1Sets USD $ 12
Shiva Prasad Upreti 1Sets USD $ 12
Bishnu Dhital 1Sets USD $ 12
Tula Adhikari 1Sets USD $ 12
Khem Raj Wali 1Sets USD $ 12
Sushil Aryal 1Sets USD $ 12
Santosh Dahal 1Sets USD $ 12
Ramesh Thapa 1Sets USD $ 12
Cheers Liqour 1Sets USD $ 12
Anonymous 1 1Sets USD $ 12
Total Gift Sets Collected: 116 Remaining: 0 Sets

Requirement for this campaign has fulfilled.