
आदरणीय प्रयोगकर्ताहरुमा नमस्कार
स्वर्णिम युग फाउन्डेसनले आफ्नो वेबसाइट मार्फत सामाजिक कर्म गर्न चाहनेहरुलाई फराकिलो , पारदर्शी र गतिशील अवसर प्रदान गरेको छ । हाम्रो वेबसाइट अहिले सुधारका क्रममा छ तर अहिले नै प्रयाप्त कामहरु गर्न सकिने अवस्था छ । कुनै पनि बिषयमा अभियान निर्माण गरेर रकम संकलन गर्न सकिने र संकलित रकम लक्षित क्षेत्रमा तत्काल पुर्याउन सकिने द्रुत प्रशासनिक ब्यबस्थापन पनि भएकाले हरेककालागि यो निकै उपयोगी हुने हामीलाई बिस्वास छ।
विशेषगरी नेपालमा शैक्षिक क्षेत्रमा गर्नु पर्ने धेरै कामहरु बाकि छन् । यी काम गर्न समाजसेवाका केही नया सिद्दान्त निर्माण गर्न जरूरी छ।
स्वर्णिम युग फाउन्डेसनले आफ्ना पाच सिद्दान्त सम्पर्क (connect), उत्प्रेरणा (motivate), सहभागिता (participate), लगानी (invest) र प्रोत्साहन (inspiration) बनाएर समाजसेवाका काम अगाडी बढाएको छ । यी सिद्दान्तमा आधारित रहेर स्वर्णिम उपहार अभियान मार्फत सामाजिक कार्य गर्न चाहने व्यक्ति वा संस्थासँग फाउन्डेसनले सहकार्य गर्ने छ ।
समाजमा अझै पनि अभाव, बेरोजगारी र साधन श्रोतको समुचित वितरण छैन । यी सिद्दान्तका आधारमा अभियानमा सामेल हुँदा समाजमा भएको खाडल पुर्न सम्भव छ । हामी यी सिद्दान्तका आधारमा शिक्षा, कलाकारिता, खेलकुद, गाँस/बास/कपास, स्वास्थ्य, विपद सहयोग जस्ता अभियान मार्फत स्वर्णिम उपहार लिएर आउने छौँ । हामी दान होइन उपहारमा विश्वास गर्छौ । स्वर्णिम भविष्य निर्माण गर्न स्वर्णिम उपहार अभियानमा सामेल हुन सबैलाई अनुरोध गर्दछौँ ।
हाम्रो अभियानको चार महिना बित्न लाग्दा सहभागी हुनु भएका दर्जनौ उत्प्रेरक , सैयौ उपहार प्रदान कर्ता र हजारौ उपहार प्राप्त कर्ताहरु सबै प्रति हामी आभारी छौ र सबैलाई हार्दिक शुभकामना पनि दिन चाहन्छौ।
धन्यबाद
खेम शर्मा
ग्लोबल प्रेसिडेन्ट
स्वर्णिम युग फाउन्डेसन