अध्यात्मवाद र भौतिकवादको दोबाटोमा उभिएर आध्यात्मिकता र वैचारिकतालाई व्यवहारिक र वैज्ञानिक ढङ्गले यस पुस्तकले पस्किएको छ । यी दुबै पक्षको सन्तुलनबाट मात्र अहिलेको मानव अनुशासित, सुखी र सफल बन्न सक्छ । यस्तै सफल जीवनका सरल विधिहरूको उत्खनन् गरी यस पुस्तकमा २५ सूत्रहरू अगाडि सारिएको छ ।

काम र विश्रामबीचको सन्तुलन, समय र परिस्थितिबीचको सन्तुलन, मनोविज्ञान र शरीरबीचको सन्तुलन, धन र स्वास्थ्यबीचको सन्तुलन कायम गर्ने सरल सूत्रहरू यस पुस्तकभित्र छन् । जीवन मन, बुद्घि, दृश्य, वाणी र श्रवणबीचको सन्तुलन हो । अझ कर्मेद्रिय र ज्ञानेद्रियबीचको सन्तुलनबाट जीवनलाई क्रियाशील बनाउने सरल सूत्रहरूसमेत यस पुस्तकमा छन् ।

दिनभरको क्रियाशीलता र विश्रामपछिको निश्चिन्तता नै जीवनको सार्थकता हो । नदीझैँ बेलगाम आप्mनै प्रवाह बग्ने जीवनलाई आत्मानुशासनको बाँध बाधेर अत्यधिक ऊर्जावान् बनाउनु जीवनको सफलता हो । आत्मानुशासनका पच्चीस बाँधहरूको कुशल इन्जिनियरिङ्ग गरिएको यो पुस्तक बिहान उठेदेखि राति नसुतेसम्मको समयलाई कसरी ऊर्जाशील बनाउने ? निश्चिन्त भएर कसरी निदाउने ? आदिजस्ता प्रश्नहरूको जवाफले आच्छादित छ ।

समयको पूजा गर्ने अनुभव सिद्घ तथ्यहरू रहेको यस पुस्तकमा समयलाई भगवान् ठानी यसैको पूजा गर्न सिकाइएको छ । अरूलाई चिन्न खोज्दा आफँैलाई बिर्सने मानवीय कमजोरीलाई हटाउने र एक सफल, स्वाधीन र पूर्ण मानवको कालीगढी यस पुस्तकमा गरिएको छ