+977-9808577862

info@swornimyug.org

Tula Adhikari

०५६ सालमा भएको आम चुनावमा नेपाली कांग्रेसले बहुमत ल्यायो । चुनाव अघि नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईको नाममा भोट मागेको थियो । त्यहि घोषणा बमोजिम सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रोपल्ट प्रधानमन्त्री हुनु भएको थियो ।

संसद् बैठक सिंहदरवार भित्र रहेको प्रतिनिधि सभा भवनमा बस्थ्यो । नियमित जसो म बैठकमा रिपोर्टिङमा जान्थें । खासगरी सांसदहरु संग भेटघाटको थलो हुन्थ्यो त्यो । अन्तर्वार्ताका लागि सांसदको अनुहार चिन्ने, सम्पर्क बढाउने, समय मिलाउने कामका लागि पनि बैठक जान फलदायी हुन्थ्यो । नत्र शीर्ष बाहेक २०५ जनालाई चिन्नै गाह्रो !

अहिलेजस्तो फेसवुक, अनलाइन मिडिया, टिभिको प्रयोग थिएन । पत्रिका पनि अधिकांश काला हुन्थे । साप्ताहिक पत्रिकामा एकपल्ट बनाएको फोटो व्लक खुइलिँदासम्म चलाइ रहनु पर्ने बाध्यता थियो । अनुहार चिन्नलाई क्याप्सन पढ्नै पर्ने !

भरखर करिअर सुरु गर्दा ताका पर्यो । ०५६ का सांसदहरु मध्ये शिखरका गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद र सूर्यबहादुर थापा जस्ता बरिष्ठहरु बाहेक लगभग अधिकांश जसो नेता संग मैले अन्तर्वार्ता गरेको थिएँ । त्यसबेला साप्ताहिक पत्रिकाको तेस्रो पेज भरी अन्तर्वार्ता दिने चलन थियो ।

मैले जन्मभूमि, खबरकागज र राष्ट्रवाणी साप्ताहिकका लागि खुब अन्तर्वार्ता लिएँ । अन्तर्वार्ता लिनु अघिको तयारी र लिनेबेलाको मेहनत भन्दा ज्यादा त त्यो उतार्न हुन्थ्यो । वाफ्रे नेताहरुको बोलीको ‘स्पीड’मा अन्तर्वार्तामा बोलेका कुरा उतार्दा डटपेन पग्लेर मसी हातभरी हुने र औंला दवेर दाग हुन्थ्यो । छिटोछिटो उतार्दा उतार्दै मेरा अक्षर विग्रेर त्यसपछि कहिल्यै सुध्रेनन् । अहिले पनि आफैले लेखेको कहिले कांही वुझ्दैन !

 

Read More

Campaign Photos

Videos

Appreciation

1

Total Receivers

1

Support campaign

12

Total Funds

413

Achievement

Feedback