आदरणीय आमा बुबा दाजु भाई तथा दिदि बहिनिहरु

सबैलाई नमस्कार.

बिस दिनको नेपाल यात्रा सकेर आज अस्ट्रेलिया आइपुगेको छु. म स्वस्थ्य छु र अस्ट्रेलियन सरकारको नीति अनुशार आगामी १४ दिन सेल्फ आइसोलेसनमा रहने छु. यो अबधिमा भौतिक भेटघाट नभएपनि म मेरा बौद्दिक काममा भने सक्रिय रहनेछु. मलाइ मेरो सम्पूर्ण यात्राका क्रममा सधै उत्प्रेरणा दिने मेरो श्रीमती प्रीति लाइ हार्दिक धन्यबाद दिन चाहन्छु.

मलाइ नेपाल सरकार सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि मानिय योगेश भट्टराई ज्युले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगाएत धनगढी देखि झापा सम्मका प्रमुख ११ वोटा विमानस्थलको सरसफाईको अवस्थाबारे सम्परिक्षण “अडिट” गर्न एक महिनाको बिसेष जिम्मेवारी दिनु भएको थियो. तर हेरक दिन १८ घण्टा सक्रिय रहेर मेरो टिमले १५ दिनमै सबैकाम सक्यो र मार्च २०मा मैले १२ वोटा प्रतिबेदन माननीय मन्त्रि ज्युलाइ बुझाए.

नेपालका विमानस्थलको सरसफाई सम्बन्धि हामीले जम्मा ६ वोटा महत्वोपूर्ण सुझाब दिएका छौ. जुन तत्काल लागु गरिने र तिन महिना पछी हामीलाई नै पुन अडिट गर्न सहयोग गर्न माननीय मन्त्रिज्यु ले अनुरोध गर्नु भएको छ. म मन्त्रीज्यु को यस्तो प्रतिबद्दता तथा हामि प्रतिको बिस्वासको लागि हार्दिक आभारी व्यक्त गर्दछु. र हाम्रो कामलाइ सहयोग गर्ने सबै मित्रहरुलाई धन्यबाद व्यक्त गर्दछु.

यो कामको लागि मलाइ खटाए को मा गैर आवाशीय नेपाली संघ अन्तरास्ट्रिय समितिका आदरणीय अध्यक्ष कुमार पन्त ज्यु लागायेत सिंगो कार्यसमिति प्रति पनि आभारी छु. साथै एन आर एन हेडक्वार्टरलाइ मेरो जिम्मेवारीको कुनै पनि काम यसरि नै समय अघि नै पूर्णताका साथ् सम्पन्न गर्ने प्रतिबद्दता पनि व्यक्त गर्दछु.


Related Media Posts

१० व्यस्त विमानस्थलको सरसफाईको अवस्था जाँचिने

विमानस्थल सरसफाइमा जुट्दै शर्मा,

NRN Khem Sharma gets engaged in domestic airport sanitation campaign

विमानस्थल सरसफाइमा जुट्दै शर्मा

विमानस्थल सरसफाइमा जुट्दै शर्मा

अब विमानस्थलहरुको सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई