काठमाडौँ । अष्ट्रेलियामा बसाेबास गर्दै आउनुभएका अभियन्ता खेमनाथ शर्माले लेखेको किताब ‘स्वर्णिम रहस्य’ को नेपालमा विमोचन गरिएको छ ।

आइतबार एक विशेष समारोहकाबीच उपराष्ट्रपति निवास लैनचौरमा विमोचन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन र सहभागीहरूले संयुक्त रुपमा स्वर्णिम रहस्यको विमोचन गर्नु भएको हो ।