चन्द्रागिरी नगरपालिकामा रहेको सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा बिद्यालयमा पढ्ने फरक क्षमताका बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ । अष्ट्रेलियामा रहेको स्वर्णिम युग फाउन्डेसनको एन्जेलो उपहार कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई न्यानो कपडा उपहार प्रदान गरिएको हो ।