७ चैत, काठमाडौं । अस्ट्रेलिया निबासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताएका छन् । उनले आइतबार उपरास्ट्रपती भवनमा आयोजित कार्यक्रममा उक्त कुरा सार्बजनिक गरेका हुन् ।

उनले आफू संयोगबस लेखक भएको भन्दै आफ्नो पुस्तकबाट प्रेरित भएर समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटसमेत तयार भएकोमा खुशी व्यक्त गरे । उप रास्ट्रपति नन्दबहादुर पुनले चैत ६ गते उक्त वेब साइटको सुभारम्भ गरेका थिए ।