काठमाडौं । अष्ट्रेलिया निबासी नेपाली लेखक खेम शर्माले आफ्नो पुस्तकको सबै रकम समाजसेवामा खर्च गर्ने बताउनुभएको छ ।

उहाँले आइतबार उपराष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उक्त कुरा सार्वजनिक गर्नुभएको हो । उहाँले आफू संयोगवश लेखक भएको भन्दै आफ्नो पुस्तकबाट प्रेरित भएर समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटसमेत तयार भएकोमा खुसी व्यक्त गर्नुभयो ।