
हामीले नेपालको एक मात्र अन्तरास्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको आधुनिक तथा बैज्ञानिक सरसफाईको एक महिने स्वयम्सेवी अभियान यहि २०१७ जुलाई ३१ बिहान ५ बजे सम्पन्न गरेका छौ . यहाँ यो बिहानका केहि दृश्य हरु राखेको छु . यो अभियान सम्पन्न गर्न नेपाल सरकारसंग भएको सहमति अनुशार हामीले एक महिना पुरा गरेर हाम्रो जिम्मेवारी बाट बिदा भएका छौ . हामीले आफ्नो जिम्मेवारीको काम सफलता पुर्बक सम्पन्न गरेका छौ . तिस दिन सम्म प्रतिदिन सात घण्टाका दरले २१ जना प्राबिधिक र फिल्ड जनशक्तिले काम गर्दा हाम्रो एक मात्र अन्तरास्ट्रिय विमानस्थलको सरसफाईको अवस्थालाइ आधुनिक बनाउन हामीले संयुक्त रुपमा ४ हजार ५ सय घण्टा समय हाम्रो देशलाइ दिन पाएका छौ . हामीलाई यसमा गर्व छ .
सरसफाई सभ्यताको प्रतिक पनि हो . हामीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सरसफाईको अभियान गरेर विदेशमा भएको हाम्रो भावना , ज्ञान , सीप तथा प्रबिधि हस्तान्तरण गर्न खोजेका थियौ ,त्यसमा हामि सफल भएका छौ . हामीलाई विश्वास छ कि : हामीले सिकाएको सीपबाट यहाँ सधै सुन्दर र सफा राखिने छ . हाम्रो देशका लागि अब सरसफाई जस्तो अनिवार्य र महत्वपूर्ण बिषयको कार्यक्रम अभियानका रुपमा संचालन गर्न नपरोस र अब सबै आफै हओस भन्ने हाम्रो कामना छ . त्यसका लागि सरकारले नेपालमा सरसफाई सम्बन्धि स्पस्ट नीति तथा मापदण्ड निर्धारण गरेर कार्यन्वयनमा ल्याउनु अनिवार्य भएको छ .
मैले नेत्रित्व गरे पनि यो कामको मुख्य नायकहरु भने सम्पूर्ण मजदूरहरु हुनुहुन्छ् . म भक्तजी , नरोत्तमजी , कुसलजी , सजीवजी लगाएतका सबै मजदूर साथीहरुलाई धन्यबाद दिन चाहन्छु . यसैगरी मेरा मित्र रोहिणी जी , विमानस्थलका प्रमुख देवानद जी , नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ज्यु ,आदरणीय कलाकार मित्र हरु मनोज गजुरेल , जितु नेपाल , धुर्मुस –सुन्तली , नेपाली चलचित्र जगतका महानायेक राजेश हमाल , सामाजिक अभियेंता कर्ण शाक्य , बागमती सफाई अभियानका अभियन्ताहरु , मेरा मित्र बिनायक शाह लगाएत होटेल ब्यबशायी संघका पदाधिकारीहरु, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक जोशी ,नेपाल सरकारका पूर्व मन्त्रि दिलनाथ गिरि ,नेपाल सरकारका श्रीमान सचिव ज्युहरु भिम उपाध्याय र दिनेश थपलिया, नेपाल प्रहरीका तत्कालिन डी आइ जी रण बहादुर चन्द, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि जितेन्द्र नारायण देव लगाएत सबैलाइ हार्दिक धन्यबाद दिन चाहन्छु . यो अभियानको मुख्य पहल कर्ता गैर आवाशीय नेपाली संघ का उपाध्यक्ष आदरणीय भवन भट्ट लाइ बिशेस धन्यबाद दिन चाहन्छु , तिन करोड नेपाली जनता जसले हाम्रो सरसफाई अभियान लाइ माया गर्नु भयो सबै प्रति आभारी छु , र कर्तब्य पुरा गर्न सदा तयार हुने प्रतिबद्दता ब्यक्त गर्दछौ . यो अभियानको संदेशलाइ संसार भर फैलाएर जनचेतना जागरण गराउनु हुने रेडियो , टेलिभिजन , अनलाइन , पत्रपत्रिका लगाएत कार्यरत सम्पूर्ण पत्रकार मित्रहरुलाइ पनि म बिसेष धन्यबाद दिन चाहन्छु . अन्तमा मलाई देश र समाजको सेवा गर्न सानै देखि प्रेरित गर्नु हुने मेरा बुवा , आमा ,दाजु , भाउजु लगाएत मेरा अविभावकहरु लाइ म धन्यवाद व्यक्त गर्दछु . र, मलाइ समाज सेवा र देश प्रतिको कर्तब्य निर्बाह गर्न प्रेरित गर्ने जिबंन संगिनी प्रीति दाहाल प्रति म आभारी छु
धन्यबाद
Related Media Posts