काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा उनले धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको बताए।