काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले अस्ट्रेलियाबासि नेपालीहरूले  नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंशा गर्नुभएको छ ।

नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले  बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वोको हुने गरेको बताउनुभयो ।

समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको  www.swornimyug.org मा गएर हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ ।