स्वर्णीम युग फाउन्डेसनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ । काठमाडौँको जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीका ८० जना विद्यार्थीहरुलाई उक्त फाउन्डेसनले  शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । सोमबार विहान एकेडेमीकै प्रांगणमा स्वर्णीम युगका पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीहरुलाई एक थान ब्याग, ५ थान कापी, एक प्याकेट पेन्सिल, टिफिन बक्स, वाटर बोटल, १० थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।