त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र पशुपतिनाथ मन्दिर सफा गरेर चर्चामा आउनु भएका सरसफाई अभियन्ता खेम शर्मा आफ्नै गृह जिल्ला चितवन आउनु भएको छ ।

वय ग्रुप र क्लिन ग्रुप लगायतका सरसफाई सम्बन्धी विभिन्न संघ संस्थाको आयोजनामा शुक्रबार चौबीसकोठीदेखि एयरपोर्ट सडक सरसफाइ अभियानमा सहभागि हुन उहाँ चिवतन आउनु भएको हो । उहाँसँगै चितवत क्षेत्र नम्बर २ का प्रदेश साँसद विजय सुवेदी, भरतपुर महानगरपाmिलका १० का वडाध्यक्ष अरुण पीडित भण्डारी लगायतको पनि सरसफाई अभियानमा सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रम पछि भएको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ता खेम शर्माले चितवन जिल्लालाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनका लागि सरसफाईमा विशेष जोड दिनु पर्ने बताउनु भयो । सोही अवसरमा प्रदेश साँसद सुवेदी र बडाध्यक्ष भण्डारीले पनि चितवनलाई पूर्ण सरसफाईयुक्त जिल्ला निर्माणका लागि आफूहरुको पूर्ण सहयोग रहने बताउनु भएको थियो ।