काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित स्वर्णीम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छे-मान्छेका बीचमा असमानता र विभेद हुनु नहुने बताएका हुन् ।